काठमाडौँ– एचएच बजाजले दुई सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । बाराको जीतपुरस्थित मेन रोडमा ‘न्यु एसडिएस इन्टरप्राइजेर्ज’ र रौतहटको गौरमा ‘गुप्ता अटोमोबाईलस’ संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जनाएको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीको दाबी छ ।


ADVERTISEMENT

# # #


बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यनाजेर योगेन गुरुङले नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुदा निकै खुशी लागेको बताए । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।