काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई हराएको छ । बेलायतको एमकेमा मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनमाथि १–० को जित निकालेको हो ।


ADVERTISEMENT


ब्राजिलका लागि रिचार्लिसनले गोल गरे । उनले ४५ औँ मिनेटमा गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो । म्यानचेस्टर सिटीबाट खेल्दै आएका गाब्रियल जिससले गोल गर्ने मौका बनाएका थिए, तर उनको प्रहार बारमा लागेर फर्कियो । यस्तै आर्थरको प्रहार क्रसबारमा लागेर फर्कियो ।


ADVERTISEMENT

# # #


यस्तै मंगलबार राति नै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले उरुग्वेलार्य १–० ले नै हरायो । फ्रान्सको जितमा ५२ औँ मिनेटमा ओलिभर जिरउडले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो ।