काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पनि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै छन्। उनले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि, अर्थ, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्री र सचिवसँग छलफल गर्न लागेका हुन् ।


ADVERTISEMENT


छलफल बिहान १० बजेदेखि सिंहदरबारमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले पनि नागरिकको अपेक्षा र आफैँले गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समिक्षा गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बुधबार पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री र सचिवसँग छलफल गर्दै प्रगति विवरण मागेका थिए । ।