दार्चुला । दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा दुर्घटना भएको हो ।


ADVERTISEMENT


मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर आइरहेको बस शुक्रबार विहान पौने पाँच बजे दुर्घटना जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकोे प्रहरी प्रमुख डीएसपी नवराज अधिकारीले जानकारी दिए। बसमा क्षमताभन्दा बढी यात्रु रहेका दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानिय खटिएका उद्धार गरीरहेका छन् ।

बिहीवार लागेको जात्रा हेरेर घर फर्किरहेका यात्रु सवार मिनिबस दुर्घटनामा परेको हो । बसमा करीब ३० जना भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । तर एकिन तथ्यांक भने आएको छैन । घटनाबारे पूर्ण विवरण आउन बाँकि रहेको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।