काठमाडौं । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ ।


ADVERTISEMENT


सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो ।


ADVERTISEMENT

# # #


बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा. भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए ।

चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित नेपाली दूतावासलाई दबाब दिँदै आएको थियो । बिरामी ल्याउन आफू तयार भएको भन्दै ओम अस्पतालले गत सेप्टेम्बर १८ मा हमादलाई पत्र पठाएको थियो ।