काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनामा हारबाट मुश्किलले जोगिएको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरी भए पनि एथ्लेटिकोले दोस्रो हाफमा डिएगो कोस्टाको गोलबाट अग्रता लियो । कोस्टाले ७७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए र अन्तिम मिनेटसम्म एथ्लेटिको जितको अवस्थामा थियो ।


ADVERTISEMENT

# # #


लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले अन्तिम मिनेटमा हार टारेको हो । उसका लागि ९० औँ मिनेटमा उसमान डेम्बेलेले गरेको गोल हार जोगाउने माध्यम बन्यो ।

बराबरीपछि बार्सिलोना शीर्ष स्थानमा कायमै रहन सफल भयो । उसको १३ खेलबाट २५ अंक भएको छ । २४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । यो खेलमा जित निकालेको भए उ शीर्ष स्थानमा पुग्ने थियो ।