काठमाडौं । ताइवानका मतदाताले समलिंगी विवाहलाई मान्यता नदिने पक्षमा मत दिएका छन् । समलिंगी विवाहलाई मान्यता दिने वा नदिने निर्णय गर्न शनिबार भएको जनमतसंग्रहमा विपक्षमा बढी मत आएको हो ।


ADVERTISEMENT


यसको अर्थ ताइवानले समलिंगी विवाहलाई कानुनी मान्यता दिने एसियाको पहिलो देश बन्ने मौका गुमाएको छ । ताइवानको सर्वोच्च अदालतले गएको वर्षको मार्चमा समलिंगी विवाहको पक्षमा फैसला गरेको भए पनि अन्तिम निर्णयका लागि जनमतसंग्रह गरिएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन भनेको थियो । अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आएको हो । जनमतसंग्रहको नतिजाबाट एलजिबिटीक्युआई समर्थक निराश भएका छन् ।