काठमाडौँ– यही २२ गतेदेखि काठमाडौँमा हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले आफ्नो तेस्रो विदेशी खेलाडी भित्र्याएको छ । यसअघि दुई विदेशी खेलाडी घोषणा गरिसकेको पोखराले दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको हो । १३ वटा टी–२० खेलेका लेभी इपीएल खेल्न नेपाल आउन भएका हुन् ।


ADVERTISEMENT


दाहिने हातले ब्याटिङ गर्ने ३० बर्षीय लेभीले टवान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो छिटो शतक प्रहार गर्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् । लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा एक् सय रन हानेका थिए ।


ADVERTISEMENT

# # #


उनीसंग १३ वटा टी–२० का साथै एक सय प्रथम श्रेणी तथा १ सय ३० लिस्ट ए मान्यता प्राप्त खेल खेलेको पनि अनुभव रहेको छ । यस्तै उनले मुम्बई इन्डियन्सबाट आइपीएल समेत खेलिसकेका छन् भने बंगलादेश प्रिमियर लिगकको अनुभव पनि रहेको छ ।

शक्ति गौचनको कप्तानीमा रहेको टोलि राइनोजले यस अघि इंग्ल्याण्डका पल् कोग्लिन र स्कटल्याण्डका कप्तान कायल कोयट्जरलाई आफ्नो बिदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो। यस्तै पोखराले अष्ट्रेलियन मुलका नेथन डोडलाई समेत पोखराले प्रतियोगितामा मुख्य प्रशिक्षकको रुपमा अघिल्लो साता नियुक्त गरेको थियो ।

शक्ति गौचन मार्की खेलाडी तथा कप्तान पोखरा राइनोजमा बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन् । गत सिजन पोखराको बिदेशी खेलाडीको रुपमा ताज वाली, इस्रारुल्लाह र आसिफ अलि खेलेका थिए।