काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै मन्त्रीको कार्य समीक्षा भइरहेको र आउँदो दिनमा काम हुने बताए । उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए । राष्ट्रपतिले गाडी नमागेको भन्दै उनले अघिल्लो सरकारले नै यो निर्णय गरेकाले संस्थालाई बद्नाम गर्न नहुने जिकिर गरे ।

यस्तै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् ।
गरिब देशको राष्ट्रपतिका लागि यत्रो महँगो गाडी खरिद गर्नु आवश्यक नरहेको बताए ।

सांसद यादवले सांसदहरु टेम्पो र माईक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्ने प्रश्न गर्दै उनले यो तत्काल निर्णय फिर्ता लिनुपर्ने बताए । यस्तै उनले आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको उनले स्पष्ट पारे । संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेटपनि सरकारमा नबस्ने उनको भनाइ थियो ।