काठमाडौँ– विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत रहेका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका शाहीले ललितपुरस्थित श्री कुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र क्यानडाको टोरन्टोमा मे १५ देखि २५ सम्म फुटबल खेलाउने आश्वासन दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक समेत हुन् । म्याद थपका लागि उनलाई काठमाडौँ जिल्ला अदालत चलान गरिएको छ ।