काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


अभियानकर्ता प्रितम सुवेदीका अनुसार पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।


ADVERTISEMENT

# # #


पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको थियो । बिजुलीको पोलमा उनको तस्बिर टाँस्न खोज्दा पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको छ ।