काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ७० वर्ष उमेर पुगेकाले पार्टीको कार्यकारी पदमा बस्न नपाउने प्रावधान विधान राख्न प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदामाथि छलफलमा भाग लिँदै थापाले ७० वर्ष पुगेकाले कार्यकारी पदमा बस्न नपाउने प्रावधान राख्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यदि थापाको प्रस्ताव पारित भएमा ७४ वर्षे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले राजनीतिबाट अवकाश लिनुपर्ने हुन्छ ।

महामन्त्री पूर्णबहादुर खड्को संयोजकत्वमा गठित विधान मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथि मंसिर ९ गतेदेखि केन्द्रीय समितिमा छलफल भइरहेको छ । मंगलबारसम्म ४५ जनाले धारणा राखेको कांग्रेसले जनाएको छ ।

मस्यौदामाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले पदाधिकारी र केन्द्रीय सदस्य बढाउन सुझाव दिएका छन् । मंगलबार बोलेका गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, चीनकाजी श्रेष्ठलगायतले पदाधिकारीको संख्या बढाउनु पर्ने धारणा राखेका छन् ।