काठमाडौं । टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको ज्यान गएको छ ।


ADVERTISEMENT


बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । चालकले जाँडरक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।