काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।


ADVERTISEMENT


बैंकले शुक्रबारबाट मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।


ADVERTISEMENT

# # #


हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल ज्यू र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महत ज्यूले संयुक्त रुपले गरे । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपले गरे ।

यस्तै कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयरखुम नारायण श्रेष्ठले संयुक्त रुपले गरे ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यस बैकले २०७५ साल आश्विन मसान्तसम्म रु ७७ अर्व निक्षेप परिचालन गरी रु. ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ३७ करोड खुद मुनाफा गरेको छ ।

बैकले देशभर ८६ वटा शाखा, १०६ वटा एटीएम र २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट ग्राहक बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।