काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ।


ADVERTISEMENT


हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छ।


ADVERTISEMENT

# # #


हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ।

खुर्सानीले रक्तसञ्चार वढाउँछ। शरीरमा प्रतिरक्षा प्रणाली वढाउँछ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ। आवश्यक मात्रामा खाँदा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ।

हरियो खुर्सानीले आँखाको दृष्टि पनि तेज बनाउँछ।