काठमाडौं । टोटनह्यामले ‘मिसन इम्पोपिसबल’ मानिएको यात्रा तय गर्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।


ADVERTISEMENT


च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै टोटनह्यामले नकआउट चरणमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT

# # #


समूह बी अन्तर्गतको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्याम पछि परेको अवस्थबाट बाहिर आएर बराबरी गर्न सफल भएको हो । सातौँ मिनेटमा उसमान डेम्बेलेको गोलबाट घरेलु टोली बार्सिलोनाले सुरुवाति अग्रता लिएको थियो ।

तर खेलको ८५ औँ मिनेटमा लुकास माउराले टोटनह्यामका लागि बराबरी गोल गरे । यस्तै समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्ने होडमा रहेको इटालियन क्लब पिएसभी एन्थोवेनसँग १–१ को बराबरीमा रोकिनु टोटनह्यामका लागि लाभदायक बन्यो ।

समान ८ अंक भए पनि गोलअन्तरका आधारमा टोटनह्याम समूह उपविजेता बनेको हो । यो समूहबाट समूह विजेताका रुपमा बार्सिलोनाले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।