काठमाडौँ– काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँ किंस ११ ले भैरहवा ग्लाडियटर्ससामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १०० रन बनायो । काठमाडौँका लागिसन्दीप रजालीलले सर्वाधिक २७ रन बनाए । २६ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै प्रदीप साहुले १३ रन बनाउँदा अमित श्रेष्ठले १३ रन प्रहार गरी आउट भए । काठमाडौँका अन्य कसैले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


काठमाडौँको इनिङ ध्वस्त पार्ने क्रममा कुशल मल्लले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गर्दै उनले २० रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए । एकै ओभरमा लगातार केभिन ओब्राइन (०) र नरेश बुढाऐर(२)लाई पेवेलियन फर्काएर उनले खेललाई भैरहवातर्फ मोडेका थिए ।

यस्तै मोहम्मद नाभिदले ४ ओभरमा २० रन नै खर्चिएर २ विकेट लिए । यस्तै शरद भेषवाकर र अभिनास बोहराको नाममा समान १-१ विकेट रह्यो । किफायती बलिङ गरेका शरदले २ ओभरमा मात्र ४ रन खर्चिए ।

दुबै टिम जितेर फाइनल खेल्ने दाउमा रहेका छन् । विजेता टोलीलले शनिाबार उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।