काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको छ । यो बीचमा ४५ प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले कार्यकालको बाँकी २ वर्षे समयावधिमा ५५ प्रतिशत काम सक्ने लक्ष्य लिएको छ ।


ADVERTISEMENT


सुरुवाती दिनमा राजनीतिक प्रभावका कारण प्रभावकारी काम गर्न नसकेको प्राधिकरणमा आधा दर्जन पटक नेतृत्व परिवर्तन भइसकेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय स्थानीय तहसँगको सहकार्यले पुनर्निर्माणमा थप हौसला मिलेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा देखिएका सबै गुनासो र समस्या समाधान हुने विश्वास व्यक्त गरे।

गुनासो सम्बोधन, वस्ती स्थानान्तरण, पुरातात्विक महत्वका सम्पदा निर्माण लगायतमा प्राधिकरण गम्भीर रहेको उहाँको भनाई थियो । मौलिकता र इतिहास बचाउन प्राधिकरण प्रयासरत रहेको बताउदै ज्ञवालीले यही कारण पुरातात्विक सम्पदा पुनर्निर्माणमा ढिलाईं भएको स्वीकार गरे।

पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्स्थापना योजनाका लागि करिब १० खर्ब लाग्ने अनुमानगरेको प्राधिकरणका सीईओ ज्ञवालीले ६७ अर्ब राहत, उद्धार र अन्य कार्यक्रममा खर्च भइसकेको जानकारी दिए। बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता आएको बताइए पनि वास्तविक रकम ३ खर्ब ४३ अर्ब मात्रै भएको र ६२ अर्ब रुपैयाँको लागि मात्रै सम्झौता भएको बताए ।