काठमाडौं । बंगलादेशमा आइतबार आम चुनावका लागि मतदान हुँदैछ । प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्यसहित चुनावमा होमिएकी छन् । यो चुनावमा बंगलादेशका १० करोड मतदाताले भोट हाल्ने अपेक्षा छ ।


ADVERTISEMENT


चुनावलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । देशभर गरी ६ लाख भन्दा बढी सुरक्षाकर्मी तैनाथ भएका छन् । चुनावी अभियानको क्रममा भएका विभिन्न झडपमा १२ जना भन्दा बढीको ज्यान गएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।


ADVERTISEMENT

# # #


यो चुनावमा प्रधानमन्त्री हसिनाकै पार्टी विजयी हुने अनुमान छ, किनकी प्रमुख प्रतिद्वन्द्वी अहिले भ्रष्टाचारको आरोपमा जेलमा छन् । हसिनाको अवामी लिग पार्टी सन् २००९ देखि सत्तामा छ ।

बंगलादेशको अर्को प्रमुख पार्टी हो बेगम खालिदा जियाको बंगलादेश नेशनल पार्टी हो । उसले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो ।

यो वर्षको सुरुमा जियालाई भ्रष्टाचार आरोपमा जेल सजाय भएको छ । तर उनी पार्टीको प्रमुख कायमै छिन् । उनीमाथिको जेल सजाय राजनीतिक रुपमा प्रेरित रहेको बंगलादेश नेशनल पार्टीले बताउँदै आएको छ ।