तुलसीपुर, दाङ– दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।


ADVERTISEMENT


अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का सन्तराम भण्डारीले २५४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी भएका छन् । सो वडामा ९४३ मत खसेको थियो ।