कैलाली– धनगढी उपमहानगरमा नेपाली काँग्रेसका निर्प वडले १८४ मत सहित अग्रता लिएका छन् । उनलाई पछ्याउने क्रममा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले १५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमाले दुर्गा जोशी ४१ मत सहित तेश्रो स्थानमा छन् भने माओवादीका रामसमज राणाले ३१ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


त्यस्तै उपमेयरमा काँग्रेसकै सुशिला मिश्र भट्ट २११ मत प्राप्त गरी अग्र स्थानमा छिन् । उनलाई एमालेकी रुकमिणी देवकोटाले ८३ मत सहित पछ्याइरहेकी छिन् भने माओवादीकी शान्ति अधिकारी ६३ मत सहित तेश्रो स्थानमा छिन् ।


ADVERTISEMENT

# # #