काठमाडौँ– पश्चिमी वायुको प्रभाव बढेसँगै देशका उच्चपहाडी भागमा हिमपात भएको छ भने काठमाडौँमा हिलोवर्षा भएको छ । वायुमण्डलमा फैलिएको धूलोका कारण हिले–वर्षा भएको हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT


चिसोबढेसँगै हिमरेखाभन्दा माथिका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । उपत्यका आसपासका फुलचोकी, शिवपुरी र चन्द्रागिरीमा हिमपात भएको छ । यस्तै देशका जुम्ला, हुम्ला, मुगु, बाजुरा, डाटी, मनाङ, मुस्ताङ लगायतका हिमाली र उच्चपहाडी जिल्लामा समेत भारी हिमपात भएको छ ।


ADVERTISEMENT

# # #


हिउँमा रमाउँदै चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाल चन्द्रागिरीमा । फोटो : राजु पौडेल

आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ भने सिमीकोट एयरपोर्ट अवरुद्ध भएको छ ।

हिमपातमा र चिसोमा पनि एसईई परिक्षाको तयारीका लागि विहान पढ्न जान लागेका बिद्यार्थी ।

रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ ।

जुम्लामा हिमपात भएपछि हिउँसँग रमाउँदै स्थानीय बालबालिका ।

लामो समयको खडेरीपश्चात् आज परेको हिमपातले हिमाली जिल्लाका किसानमा खुसियाली छाएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँ बाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका स्थानीयवासी खुशी भएका छन् ।

अन्य तस्बिर : रासस