काठमाडौं । कानुनतः स्थानीय तहलाई बिदा घोषणा गर्ने कानुनी अधिकार छैन।


ADVERTISEMENT


तर, मनपरी रुपमा स्थानीय तहले लामा सार्वजनिक विदा सार्वजनिक गरेका छन्।


ADVERTISEMENT

# # #


रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह जेलबाट छुटेको भन्दै नगरपालिकाले पुस १५ मा बिदा घोषणा गर्यो। तर सर्वत्र विरोध भएपछि भने बिदा कटौती गरियो।

प्रदेश ५ ले पनि माघेसंक्रान्तिका अवसरमा माघ १ र २ गते बिदा घोषणा गर्यो। १७ पुसमा बसेको मन्त्रीपरिषद बैठकले प्रदेश ५ मा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

कर्णाली प्रदेशले पनि माघेसंक्रान्तिमा बिदा दियो। मंसिर ३ मा हरिबोधनी एकादशीको अवसरमा भक्तपुरको चागुनारायण नगरपालिकाले बिदा दियो।

संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले मनपरी विदा दिने प्रवृत्तिले सेवा प्रवाहमा असर परेको भन्दै मनपरी बिदा दिने गलत अभ्यासलाई रोक्नुपर्ने बताए।