विराटनगर– मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले छ हजार ६५६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र लावतीले छ हजार ३५१ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले छ हजार ८०९ मत प्राप्त गरी विजयी भएकी छन् । सोहीअनुरुप, वडा नं ४, ६, ७ र ८ मा काँग्रेस, वडा नं १, २, ५ र ९ मा एमालेले वडाअध्यक्षसहित जित हात पारेको छ भने वडा नं ३ मा एक जना खुल्ला सदस्यबाहेक अन्य सबै पदमा काँग्रेसले जित हात पारेको छ ।

यसैगरी रतुवामाई नगरपालिकाको प्रमुखमा काँग्रेसका रवीन राईले नौ हजार ८९५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले आठ हजार १५० मत प्राप्त गरे ।

उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडाल आठ हजार ३७२ मत प्राप्त गरेर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३१३ मत प्राप्त गरेकी थिइन् ।

मोरङको आठ नगरपालिकामध्ये दुईवटा र आठ गाउँपालिकामध्ये एउटाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।