कपिलवस्तु– जिल्लाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन् ।


ADVERTISEMENT


अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सुधा पाण्डेले दुई हजार ६३५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गरिन् ।

अध्यक्ष पदमा विजयी भएका अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष पदमा बसीले जिम्मेवारी सम्हालिसकेका छन् ।