इलाम– इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सरस्वती राई सरूले चार हजार २४१ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी डालाकुमारी कार्की (विष्ट) ले तीन हजार ९८७ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


फाकफोकथुम गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर प्यानलसहित विजयी भइन् । वडा नं २ को वडाध्यक्षमा काँग्रेसका यामबहादुर पौडेल ५३७ मत ल्याएर प्यानलसहित विजयी भए भने वडा–३ को वडाध्यक्षमा काँग्रेसका राजन पौडेलले ७०७ मत ल्याएर प्यानलसहित विजयी भए ।

वडा–४ मा एमालेका वडाध्यक्षका उम्मेदवार हरिप्रसाद दङ्गाली ८७५ मत ल्याएर प्यानलसहित विजयी भए । वडा–५ मा एमालेकै सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी भएका छन्।

वडा–६ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका डिकबहादुर थापा ४४६ र नेकाकै पहिलो खुल्ला सदस्य रोमनाथ चम्लागाईं तथा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा–७ मा एमालेका लोकबहादुर गोदार (थापा) ६२२ प्यानलसहित विजयी भए । १३ हजार ७३३ मतदाता रहेको यस गाउँपालिकामा १० हजार ८७ मत खसेको थियो । मतपरिणाम सार्वजनिक गरेर जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।