काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरपूर्वक लिएर वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।


ADVERTISEMENT

# # #


आयोगको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा.केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उनको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १४ दिनदेखि अनशनरत छन् ।