काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकासुरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार भएको उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र गुराँस लाइंफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ

बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।