काठमाडौँ– निजी प्राविधिक शिक्षालय महासंघ नेपालले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा टिएसएलसी तहका स्वास्थ्य तर्फका कार्यक्रम फेजआउट गर्ने बुँदा तत्काल सच्याउन दबाब दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले सो दबाब दिएको हो ।


ADVERTISEMENT


महासंघले डा. केसीको एकल जिद्धीलाई मात्र सम्बोधन गरे प्राविधिकतर्फका सम्पूर्ण शिक्षालयहरुको नेतृत्व गर्दै आमरण अनसन बस्न बाध्य हुने चेतावनी समेत दिएको छ । महासंघले चिकित्सा शिक्षा विद्येयक नामाकरणले सबै स्वास्थ्यकर्मीहरुलाई नसमेटिने हुँदा नाम परिवर्तन गरी स्वास्थ्य शिक्षा विद्येयक समेत राख्न सुझाप दिएको छ ।


ADVERTISEMENT

# # #


उक्त महासंघले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त निजी क्षेत्रमा सञ्चलित टिएसएलसी तहका करिब ४ सय संस्थाहरुको प्रतिनिधित्व गरेको छ ।

ध्यानकर्षणपत्र बुझाउन महासंघ अन्तर्गतका प्राविधिक शिक्षालयबाट सयौं कर्मचारी र विद्यार्थीहरु उपस्थित थिए । उनीहरुले डा।केसीको अनसन चाहिँदैन, सिटीइभिटी मास्न पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन समेत गरेका थिए