लुम्बिनी– नेपाली काँग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा लडेका फणीन्द्रप्रसाद शर्माले प्रमुखमा पराजित भएपछि जिल्ला सदस्यबाट नैतिकताका आधारमा राजीनामा दिएका छन् ।


ADVERTISEMENT


आज विज्ञप्ति जारी गर्दै उनले काँग्रेस केन्द्रीय समितिले सैनामैनाको प्रमुखको उम्मेदवार बनाएकामा आभार प्रकट गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा उनले लेखेका छन्, “मेरो नेतृत्वमा चुनाव लड्दा मसहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा नैतिकताका आधारमा जिल्ला कार्यसमितिबाट राजीनामा दिएको छु । आगामी दिनमा नेपाली काँग्रेसका आदर्श राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि लडिरहने छु ।”

उनले अबको समय निष्ठावान रहेर तर काँग्रेसको नीतिबाट कहिल्यै विचलित नहुनेसमेत उल्लेख गरेका छन् । सैनामैना नगर प्रमुखमा नेकपा (एमाले)का चित्रबहादुर कार्की १३ हजार ३६ र शर्माले १० हजार ३०५ मत प्राप्त गरेका थिए।