विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।


ADVERTISEMENT


शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।


ADVERTISEMENT

# # #


बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् ।