काठमाडौँ– भोलिदेखि सुरु हुने क्यान इन्फोटेक मेलामा आइएमएसले पनि सहभागिता जनाउने भएको छ । आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा स्टल नं ए–२३ मा आफ्नो सहभागीता जनाउने भएको हो ।


ADVERTISEMENT


जसमा कम्पनीले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापीत गराउने अवसर प्राप्त गर्ने जनाएको । यसले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको छ । डीजेआइ क्यामेरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो । यसका उत्पादनहरुमा क्यामेरा ड्रोन, एरियल फोटोग्राफी को स्टाबिलाइजर र भिडियोग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात छन् ।


ADVERTISEMENT

# # #


डीजेआईका उत्पादनहरु विश्वप्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनीएरङ्ग टेक्नीक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिनेम्याटोग्राफी भएको डीजेआई, कम उचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी छ ।

समयअनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यान दिँदै यस कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरि आफ्ना उत्पादन बजारमा ल्याउदै गएको छ । यो ब्राण्डले आफ्ना उत्पादनमा नयाँपन थप्दै आफूलाई प्रविधिमा अग्रसर गराएको छ । जसले गर्दा जटिल प्रविधि पनि आफ्ना उत्पादनका सामाग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको छ । आइएमएसका गु्रपका निम्न डीजेआई मोडलका उत्पादनहरु नेपालमा तल्काल उपलब्ध गराइने जनाएको छ ।

  • Mavic 2 Zoom
  • Spark Controller Combo White
  • Mavic Air Black
  • Mavic Air White
  • Tello Global
  • Phantom 4 Pro V2.0
  • Spark Fly More Combo Red
  • Tello Boost Combo
  • Osmo Mobile 2
  • Osmo Mobile 2  Base  

Osmo Pocket / Smart Controller यहि मेलामा आकर्षक छुटका साथ बजारमा आज देखि उपलब्ध हुने छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ । साथै कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फोटेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।

आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामेरा लाई नेपाली बजारमा भित्रयाउन पाएकोमा आफू एकदमै खुसी भएको बताए । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमाना मा ड्रोन व्यवसायप्रति आफूहरु एकदमै सकारात्मक रहेको उल्लेख गरे ।