उर्लाबारी, मोरङ – उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खड्ग फागोले ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे । उक्त नगरपालिकामा कुल २४ हजार ६३३ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै उपप्रमुखमा एमालेका लक्ष्मी भण्डारीले नौ हजार ५३९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गरिन् । उपप्रमुखमा विजयी भण्डारी राष्ट्रपति विद्या भण्डारीकी देवरानी हुन् ।

मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा काँग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन्