काठमाडौँ– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको प्रतिष्ठित लिग बिगबासमा ‘कमव्याक’ गरेका छन् । एक महिनाअघि बंगलादेश प्रिमियर लिग (बीपीएल) र नेपालको सिरिज खेल्नका लागि बीबीएल छाडेका सन्दीप पुन: टिममा फर्किएका हुन् ।


ADVERTISEMENT


ब्रिसब्यान हिटसंगको उसकै घरेलु मैदानमा हुने खलमा सन्दी आफ्नो टिम मेलबर्न स्टारर्सको अन्तिम ११ मा परेका छन् । सन्दीपको टिमले टस हारेर पहिले ब्याटि गर्नेछ । आजको खेल जितेमा मेलवर्न सेमिफाइनल प्रवेश गर्नेछ ।


ADVERTISEMENT

# # #


यसअघि सन्दीपले मेलवर्नका लागि चार खेल खेलेमा थिए । जसमा ८ विकेट लिएका सन्दीपले सबै खेलमा विपक्षी कप्तानलाई आउट पारेका थिए । त्यसपछि उनी बीपीएल खेल्न बंगलादेश गए । सिल्हेट सिक्सरर्सबाट खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिएका थिए ।

त्यसपछि उनी नेपाल र युएईविरुद्धको सिरिजका लागि युएई पुगे । जहाँ नेपालका लागि तीन खेलको एक दिवसीय र समान तीनै खेलको टी-२० अन्तर्राष्ट्रियको दुईवटै सिरिज जिताउन महत्वपूर्ण प्रदर्शन गरेका थिए । जसमा सन्दीपले एकदिवसीयमा ७ र टी-२० मा पाँ विकेट चट्काएका थिए ।