काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तर कोरिया का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा भएको भेटका अवसरमा सभामुख महराले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया ९डिपिआरके० बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए ।


ADVERTISEMENT

# # #


महराले मनको कार्यकालमा नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ, सभामुख महराले भने, ‘आफ्नो लक्ष्यमा दृढ रही विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु । विश्व शान्तिका लागि डिपिआरकेको पहल निकै प्रशंसनीय छ ।’

संघीय संसदले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच संसदीय मैत्री समूह गठनका लागि गृहकार्य गरिरहेको भन्दै सभामुख महराले दुई देशबीचका सांसदहरुको मैत्री समूह गठनले दुई देशबीचको राजनीतिक सम्बन्ध बिस्तार र अनुभव आदान प्रदानमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।