काठमाडौँ – निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यो फोन स्मार्टडोकोबाट रु. १३ हजार ७ सय ९० मा ग्राहकले किन्न सक्ने सामसुङको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रिडेलिभरीको व्यवस्था गरेको छ भने, दिउसो १ बजे अगाडी अर्डर गरेको सामान त्यहि दिनमा ग्राहकसामू उपल्बध गराउने जनाएको छ ।


ADVERTISEMENT

# # #


नयाँ मोडलको सामसुङ्ग ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने ७२०x१५२० रिजोलुसन रहेको यो फोन १६३ ग्राम तौलको रहेको छ । १४०० एमएएच ब्याट्री तथा १६ जिबी रोम र २ जिबी र्याम रहेको यो फोनमा ८.१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपल्बध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ मेगासपिक्सेल रिएर क्यामेरा र ५ मेगापिक्सेल क्यामेरा उपल्बध छ ।

स्मार्टडोकोमा अनलाइन प्ल्याटफर्म देशभरीका विभिन्न प्रमुख शहरहरु काठमाडौँ, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपल्बध हुनेछ ।