काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त बैंक अस्योरेन्स सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।