काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यानछीबीच भेटवार्ता भएको छ । बुधबार बिहान खनाल निवास डल्लु पुगेर नवनियुक्त राजदूत यानछीले शिष्टाचार भेटवार्ता गरेकी हुन्।


ADVERTISEMENT


राजदूत यानछीलाई स्वागत गर्दै नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिए । उनले नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध  र आपसमा सरसहयोग हुँदै आएको कुरा अवगत गराए ।


ADVERTISEMENT

# # #


खनालले  राजदुत यानछीलाई कार्यकाल सफलताको शुभकामना  दिँदै  आगामी दिनमा  चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गरे । साथै खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालमा कुनै पनि चीनविरोधी क्रियाकलाप हुन नदिने प्रतिवद्धता व्यक्त गरेको स्वकीय सचिव भट्टराईले  हिमालय पोष्टलाई बताए ।

राजदुत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गदै नेपाल– चीन सम्बन्धलाई थप उचाँइमा पुर्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिवद्धता गरेको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उक्त भेट कार्यक्रममा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधर पनि सहभागी भएका थिए ।