काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार भएको उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राज कुमार अर्यालले हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।