मेचीनगर नगरपालिका, ५ स्थित भेटघाट चोकबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका, १ का २३ वर्षीय जीवन लिम्बु, सोही स्थानका १८ वर्षीय राजन लिम्बु र इलामको माङसेबुङ गाउँपालिका, ५ बस्ने २६ वर्षीय सन्तोष लिम्बु पक्राउ परेका हुन् ।


ADVERTISEMENT


प्रहरीलाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट टीटी फेनारागन ९५ एम्फुल, लुपिजेसिक ९५ एम्फुल, डाइजोपाम ९५ एम्फुल गरी जम्मा २ सय ८५ थान लागु औषध फेला पारिएको इलाका प्रहरी काँकडभिट्टाका डिएसपी महेश थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #