काठमाडौँ– ललितपुर जिल्लास्थित नख्खुमा बम बिष्फोट भएको छ । एनसेलको टावरलाई लक्षित गरी बिष्फोट गराएको हो ।


ADVERTISEMENT


बम बिष्फोटमा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा उक्त बम विस्फोट भएको हो ।