काठमाडौं । नेविसंघको अबको नेतृत्व कस्ले लिने भन्ने चर्चाले माहोल तात्तिएको छ । यो बीचमा नेविसंघको भावी अध्यक्षका रुपमा शुभराम बस्नेतको सम्भावना गह्रुँगो बनिरहेको नेपाली काँग्रेसको राजनीतिक बृत्तमा चलेको खासखुस लिक भएको छ ।


ADVERTISEMENT


पार्टी सभापती शेरबहादुर देउवाको नजिक रहेको र धेरै अघि देखि नै आफ्ना अधिकाँस कार्यक्रमहरुमा देउवाले बस्नेतलाई संगै लिएर हिँड्ने गरेको लगायतका संकेतहरु देखाउँदै नेविसंघमा अबको नेतृत्वको अनुमान काट्न थालिएको बताईएको छ ।


ADVERTISEMENT

# # #


शँकरदेव क्याम्पसको स्ववीयु सभापती हुँदा होस् या त्यसपछि काँग्रेसको बिधार्थी राजनीतिको आन्दोलनहरुमा होस् पार्टी सभापतिको बिश्वास पात्रका रुपमा बस्नेतलाई हेरिने गरेको बताईएको छ । यसअघिको नेविसंघ महाधिबेशनमा समेत अध्यक्षका प्रत्यार्सीका रुपमा प्रतिस्पर्धामा उत्रिएका बस्नेतले ईच्छा गरेको खण्डमा यस पटक बाजि मार्न सक्ने आँकलन गरिएको काँग्रेस र नेविसंघ बृत्तमा बहस चलिरहेको बताईएको छ ।

शालिन र हक्की स्वभाव, नेतृत्व गर्नसक्ने क्षमता, संगठनमा लोकप्रियता, राजनीतिक खुवी र चर्चित अनुहार बस्नेतका लागि फलिफाब्य बन्नसक्ने बिषयले नेविसंघमा तरँग छाएको छ ।