काठमाडौं– एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो बोनस शेयर बैंकको २१ औं साधारणसभाबाट पारित नेप्सेमा सुचिकृत भएको हो ।


ADVERTISEMENT


सो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमाउक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा आग्रहसमेत गरेको छ ।


ADVERTISEMENT

# # #


बैँकले देशभर र २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।