काठमाडौं – चन्द्रागिरी नगरपालिका–मच्छेगाउँमा राँगोको आक्रमणमा परी घाइते भएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा काठमाडौ चन्द्रागिरी नगरपालिका–५ महादेवस्थान बस्ने वर्ष ५२ का कान्छा श्रेष्ठ रहेका छन् । श्रेष्ठ फागुन ११ गते राँगोको आक्रमणमा परी घाइते भएका थिए । श्रेष्ठको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि आक्रमणमै परी शनिबार स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । थप क्षति हुनबाट बचाउन राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएपछि गोली हानेर मारेको थियो । राँगोको आक्रमणमा प्रहरी हवल्दारसहित आधा दर्जन घाइते भएका थिए ।