पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उनको निवासमा पुगेका छन् ।


ADVERTISEMENT


दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् ।


ADVERTISEMENT

# # #


शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ लगिएको छ ।

सम्बन्धित समाचार :
– पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– दुर्घटनाका मृतकको शव लिन गएका हेलिकोप्टर ल्याण्ड हुन सकेनन्

– पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त