काठमाडौँ – विशेष सुराकीको आधारमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ हजार ५ सय ५० अवैध अमेरिकी डरसहित दुईजनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्याण्ड जान लागेका काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटारकी सरला गुरुङ र काठमाडौँ महानगर वडा नम्बर १६ की रिंकु गुरुङलाई अवैध रुपमा लुकाइ छिपाई विदेश लैजान लागेका रकमसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले सरालाबाट ३५ हजार ६ सय ५० र रिंकुबाट ३३ हजार ९ सय बरामद गरेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष प्रायोजनका लागि राहदानीमा बैँकले दरपीट गरी सटही दिएको सुविधा बाहेक नेपालबाट प्रतिव्यक्ति पाँच हजारभन्दा बढी नगद लैजान नपाउने कानुनी व्यवस्था रहेको छ ।

स्मरण रहोस्, पहिलो नम्बरको एसएसपीका रुपमा बढुवा भए लगत्तै सन्दीप भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्न पुगेका छन् । हिमालय पोष्टसंगको कुराकानीमा उनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई चुस्त दुरुस्त बनाउँदै कडाई गरिने बताएका छन् ।

विदेशीको पहिलो पाइला पर्ने उक्त विमानस्थलमा सेवा दिँदा बोली र व्यवहारमा मिठास अनुभूति दिलाउन नयाँ अभियान अगाडी बढाइने बताएका छन् । यस्तै विमानस्थलमा सुरक्षा जाँचका पोष्टहरु समेत बढाउँदै शतप्रतिशत सुरक्षाको ग्यारेन्टी गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।