काठमाडौं– आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी दिपक शर्मा पोख्रेललाई नियुक्त भएका छन् । एक्रश मनि ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई नियुक्त गरीएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


यस अघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वर कुमार कार्कीले गर्दै आएका थिए । शर्माको नियुक्ती पछि सञ्चालक इश्वर कुमार कार्कीलाई बिदाई समेत गरिएको थियो ।


ADVERTISEMENT

# # #


विदाई कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा. रामहरि अर्यालले कार्कीले कम्पनी प्रति पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा रहेको बताए ।

सोही अवसरमा बोल्दै डा. अर्यालले शर्मालाई सफल कार्यकालको शुभकामना दिए ।