काठमाडौँ– टीकारपुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैद हुने भएको छ । जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।


ADVERTISEMENT


जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि  जन्मकैदको फैसला सुनाएको हो ।


ADVERTISEMENT

# # #


थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुनामा छन् । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरिसकेका छन् ।

टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरीमा मुद्दा चलिरहेको थियो । पुर्पक्षका लागि कारागारमा रहेका सांसद रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला भएको हो ।