काठमाडौं – महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनका लागि २० सदस्यीय महिला टिमको बिहीवार नाम सार्वजनिक गरेको हो । महिला टिमको मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय खेलाडीको छनोट गरेका हुन् ।


ADVERTISEMENT


बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले २० खेलाडीको छनोट गरेका हुन् । उनले पुर्व कप्तान अनु लामासँगै सुनिता चौधरी र विमला चौधरी टिमबाट बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


छनोट भएका खेलाडीहरुमा गोलरक्षक एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु तथा मिडफिल्डर अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी रहेका छन् ।

यता फर्वाडमा रेखा पौडेल, कप्तान निरु थापा र सावित्रा भण्डारी रहेका छन् । साफ च्याम्पियनसिप यहि फागुन २८ गते विराटनगरमा शुरु हुँदैछ । यो खेल शहिद रंगशालामा हुनेछ ।