काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्ड चढेको विमानस्थल आकाशमै होल्ड भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो।


ADVERTISEMENT


अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्। कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ।


ADVERTISEMENT

# # #


मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको यति एयरको विमानले अवतरण गर्नुअघि आकाशमा २० मिनेट होल्ड भएको थियो । भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ।

छानबिन समितिले आफ्नो प्रतिवेदन सात दिनभित्र बुझाउनेछ ।